काठमाडौं। सुन्दर यातायात प्रालिले काठमाडौं–नारायणघाट रूटमा विद्युतीय माइक्रो चलाउने तयारी गरेको छ। डेढ महिनादेखि काठमाडौं–सिन्धुली बिजुली माइक्रो सञ्चालन गर्दै आएको कम्पनीले अब नयाँ रुटमा समेत चलाउने योजना बनाएको हो।
हाल चार्जिङ स्टेसन निर्माणको काम भइरहेको छ। चार्जिङ स्टेसनको काम सकिएपछि केही दिनभित्रै त्यो रूटमा पनि माइक्रो सञ्चालनमा ल्याउने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिएका छन। हाल सुन्दर यातायातले काठमाडौंमा वातावरणमैत्री विद्युतीय सवारी सञ्चालन गर्दै आएको छ। त्यस्तै मंसिर महिनाभित्रै वुटवलमा पनि चारवटा विद्युतीय बस सञ्चालनको तयारी कम्पनीले गरिरहेको जानकारी दिएको छ।