म्याग्दी। वर्षा सँगै परेको चट्याङ लागेर मङ्गला गाउँपालिका–३ मा एक जना महिलाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–३ सातबिसे घर भै मङ्गला गाउँपालिका–३ कै घाम्ताङमा छोरीको घरमा गएकी ६० वर्षीया महिला चट्याङ्ग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ।
छोरीको घरमा आएकी जगदेवी कामीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। बुधवार चट्याङ लागेर मृत्यु भएको मृतकका ज्वाइँले प्रहरीमा खबर गरेका थिए । मृतकको सब पोस्टमार्टमका लागि सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ।
घटनास्थल मुचुल्का बनाएर सबलाई बेनी अस्पतालमा पठाएको प्रहरीले जनाएको छ।