एजेन्सी। इटालीको उत्तरी इमोला रोमाग्ना क्षेत्रमा भारी वर्षापछि आएको बाढीमा परी नौ जनाको मृत्यु भएको छ।
बाढीका कारण कयौं मानिस हराइरहेका छन् भने १० हजार भन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ। बाढीका कारण घरहरु डुबानमा परेपछि केही मानिसलाई घरका छतबाट हेलिकप्टर मार्फत् उद्दार गरिएको छ ।
नदीमा पानीको बहाब अत्यधिक भएपछि १४ वटा नदीको तट भत्किएर २३ वटा शहरमा बाढी पसेको छ । रेभेना शहरका मेयरले बाढीका कारण आफ्नो शहर चिन्नै नसक्ने अवस्थामा पुगेको बताएका छन्।