सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर–१६, मेहलीको ल्याडामा अर्थिङ टावर निर्माण गरिएको छ । चट्याङबाट जोगाउन अर्थिङ टावर निर्माण गरिएको हो।
वीरेन्द्रनगरका मेहली, पारेगाउँ, रतु, गर्पन गाउँहरु चट्याङको उच्च जोखिम रहेकाले जनधनको सुरक्षा गर्न अर्थिङ टावर राखेर सुरक्षित बनाइएको बताइएको छ। वीरेन्द्रनगर नगरपालिका, वातावरण सुधार समाज, अन्तरनिर्भर समाज र नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा सञ्चालित उत्थानशील नगरका लागि सामूहिक पहल परियोजनासँगै स्थानीय नागरिकको श्रमदानमा चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण गरिएको हो।
वीरेन्द्रनगर –१५ र १६ नम्बर वडामा अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको नगरपालिकाले जनाएको छ। चट्याङबाट त्रसित हुदैँ आएका स्थानीयहरु पनि अर्थिङ टावर निर्माण गरिए सँगै खुशी भएका छन्।