काठमाडौं। पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यलय पाँचथरले तीनवटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ। आइतबार कार्यलयले सूचना जारी गर्दै समयमा काम नगर्ने तीनवटा कम्पनीसँग ठेक्का तोडेको हो।
कार्यलयले उक्त आयोजना अन्तर्गत पर्ने खोटाङमा संचालित पंखुखोलामा निर्माणाधीन आरसीसी ब्रिजको काम गरिरहेको सिरुवा कन्स्ट्रक्सनसँग ठेक्का तोडेको जनाएको छ। यसैगरी, भोजपुर दिक्तेल सडक कालोपत्रेको जिम्मा लिएको भारत कन्स्ट्रक्सन/ मैनाचुली/ सिद्धिसाई जेभीसँग पनि ठेक्का तोडेको छ।
तेह्रथुम जिल्लामा पर्ने जोरसाल संक्रान्ति म्यांगलुंग सडक निर्माण गरिरहेको भारत/ मैनाचुली/ सिद्धिसाई जेभी र अर्को खण्ड निर्माण गरिरहेको मैनाचुली।सिद्धिसाईसँग ठेक्का तोडिएको छ।
यी निर्माण कम्पनीहरुले ठेक्का सम्झौता गरेअनुसार समयमा काम सम्पन्न नगरेपछि ठेक्का तोडेको हो। कार्यलयले यी निर्माण कम्पनीहरुलाई पटकपटक ताकेता गर्दा पनि निर्माणको काम नभएपछि ठेक्का तोडेको जनाएको छ।
