काभ्रे । नेपालमा दोस्रो नेपाली अन्तरिक्ष भू–उपग्रह ‘नेपाली स्याट– २ विद्यालय’ बन्ने भएको छ ।कक्षा ११ का निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीले भ्ू उपग्रह निर्माण गर्न लागेका हुन् ।
पहिलो नेपाली भू–उपग्रहको सफलतापछि दोस्रो भू–उपग्रह निर्माण हुने भएको छ । नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, अन्तरिक्ष प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय हाइस्कुलको संयुक्त साझेदारीमा विद्यालयका विद्यार्थीबाट दोस्रो भू–उपग्रह परियोजना काभ्रेमा शुरु भएको छ । उक्त अन्तरिक्ष भू–उपग्रह निर्माणका लागि प्रयोगशाला काभ्रेको काठमाडौ विश्वविद्यालय हाइस्कुल चौकोटमा रहेको छ ।
दोस्रो भू–उपग्रह निर्माण परियोजनाका प्रमुख वैज्ञानिक डा.आभाष मास्केका अनुसार दुई वर्षभित्रमा दोस्रो भू–उपग्रह बन्नेछ । यो परियोजना थाइल्यान्ड आर्थिक विकासका लागि आन्तरिक प्राविधिक संस्था मिनी बर्डको एउटा भाग भएको डा.मास्केले जानकारी दिए । जसमा थाइल्यान्डले चारवटा भू–उपग्रह बनाउने छन् भने नेपालले एउटा बनाउने उनको भनाइ छ । त्यसका लागि काठमाडौं विश्वविद्यालय हाइस्कुलमा शुरु भएको छ ।
पहिलो नेपाली भू–उपग्रह सन् २०१९ मा निर्माण भएको थियो भने दोस्रो भू–उपग्रह २०२३ मा निर्माण भइसक्ने डा.मास्केको भनाइ छ ।