सिन्धुपाल्चोक। मेलम्चीको पानी काठमाडौं आउन थालेको छ। खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको हो।
मर्मतको लागि यही जेठ ६ गतेदेखि आयोजना बन्द गरिएको थियो। हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको थियो।
पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाले जनाएको छ।