म्याग्दी। म्याग्दी जिल्लाको बेनी नगरपालिकाले कोल्ड स्टोर निर्माण सुरु गरेको छ। एक करोड भन्दा बढी लागतमा उक्त कोल्ड स्टोर निर्माण हुन लागेको हो।
नगरपालिकाले फलफूल तथा तरकारी सञ्चय गरेर बेमौसमी रूपमा बिक्री गर्न सहज होस् भनेर कोल्ड स्टोर निर्माण गर्न सुरु गरेको बताएको छ।
उक्त कोल्ड स्टोर राजेशबाबु निर्माण सेवा जाजरकोटले निर्माण गर्ने भएको छ। निर्माण कम्पनीले एक करोड ५१ लाख २० हजार ७३८ रुपियाँमा गत फागुन ४ गते निर्माण सम्झौता गरेको छ।
आगामी असार मसान्तसम्म सम्झौताको म्याद रहेको उक्त योजनाको निर्माण कम्पनीले बेनी नगरपालिका–४, सिङ्गाको राजिकुलोमा जग्गा व्यवस्थापन गरेर पर्खाल निर्माणको काम सुरु गरेको नगरपालिकाले बताएको छ। ती
कोल्ड स्टोर बनेपछि सुन्तला, आलुलगायत कृषि उपज भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न सकिने कृषकको अपेक्षा छ।