रुकुम। रुकुम पश्चिमको सानिभेरी गाउँपालिकामा खानेपानिको अभाव भएको छ। गाउँपालिकाका विभिन्न वडामा खानेपानीको अभाव भएको हो।
खानेपानिको अभाव भएको लामो समय भए पनि त्यहाँको स्थानीय सरकारले कुनै पहल नगरेको स्थानीयले बताए। उक्त स्थानका स्थानीय बासिन्दा खानेपानी ल्याउन २–३ घन्टाको बाटो हिँड्नुपर्ने समस्या छ।
खानेपानीको समस्या समाधानका लागि ५ वर्षअघि संघीय सरकारले ५ करोडको बजेट लिफ्टिङ खानेपानी निर्माण आयोजनाका लागि छुट्याए पनि काम भने २० प्रतिशत पनि पूरा भएको छैन।