एजेन्सी। जापानको टोकियोस्थित हानेदा विमानस्थलमा दुई वटा विमान एकापसमा ठोक्किएका छन्। शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएको जापानको यातायात मन्त्रालयले जनाएको छ।
स्थानीय समयअनुसार आज बिहान ११ बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्गमा ठोक्किएको हो।
ठोक्किएका दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन्। राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ ।