महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा खानेपानीको चरम अभाव भएको छ। उक्त नगरपालिकाको सबै वडाहरुमा खानेपानिको चरम अभाव भएको हो।
खानेपानिका अभाव भएपछि नगरपालिकाले स्थानीयलाई ट्याङ्करमार्फत खानेपानी वितरण गर्न थालेको छ। यस वर्ष जस्तो पानिको अभाव पहिलेको वर्षहरुमा नभएको स्थानीयहरुले बताए। यो वर्ष अत्याधिक गर्मिको कारण पानिको अभाव भएको उनिहरुको बझाइ छ।
जलेश्वरमा पछिल्ला दिनमा पानीका मुहानहरू सुकेर धारा, चापाकललगायतबाट पानी आउन छाडेपछि खानेपानीको अभाव भएको हो।