काठमाडौं। नेपालमा फर्मा उन्नत प्रविधिको ट्याक्टरको बिक्री वितरण सुरु भएको छ। युरोपेली प्रविधिमा निर्माण भएको सो ट्याक्टरको नेपालमा हालै बिक्री वितरण सुरु गरिएको हो।
युरोपमा कृषि प्रविधिमा विगत ७५ वर्षदेखि लोकप्रिय रहेको सो कम्पनीका उत्पादन नेपालमा यती टेक्निकल फर्मले भित्र्याएको हो। यो ट्याक्टर बोटोसानीको रामानियाली टाउनसिपमा आधारित रहेको र रामानियाली स्टक एक्सचेन्जमा पनि दर्ता भएको कम्पनी हो। यस्तै भारतमा पनि सो कम्पनीले कृषकहरुमाझ राम्रो छाप छाड्न सफल भएको कम्पनीको दावी रहेको छ।
उक्त ट्याक्टर २६ देखि एक सय एचपी क्षमतामा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ। साथै टु र पोर ह्वील ड्राइभ कन्फिगरेसनमा पनि सो ट्याक्टर उपलब्ध रहेको जनाइएको छ।