काठमाडौं। कञ्चनपुर पुर्नवास नगरपालिका ९ मा जैविक तटबन्ध निर्माण गर्न सुरु गरिएको छ। नगरपाकिाको दोदा नदीमा तटबन्ध निर्माण गर्न सुरु गरिएको हो।
नगरपाकिाका सिताबस्तीका स्थानीय वासिन्दा, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुर र मर्सिकोर नेपालको संयुक्त साझेदारीमा सञ्चालित आर्थिक विकासमार्फत् उक्त तटबन्ध निर्माण सुरु गरिएको हो। विपत् जोखिम व्यवस्थापन परियोजना अन्र्तगत भू–क्षय रोक्नका लागि दोदा नदीमा जैविक तटबन्ध निर्माण गरिएको नगरपाकिाले जनाएको छ।
जैविक तटबन्ध निर्माणको कार्यले नदीले भू–क्षय रोकथाममा टेवा पुगेको छ। पाँच सय मिटर जैविक तटबन्ध निर्माणको कार्यमा नगरपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदान रहेको छ। तटबन्ध निर्माण सुरु भएसँगै स्थानीय खुशि भएका छन्।