काठमाडौं। यस वर्ष बर्खामा पनि काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या नहुने भएको छ । यो वर्ष फोहोर व्यवस्थापन गर्न जाने बाटो मर्मत भईसकेको कारण फोहोर व्यवस्थापनमा समस्या नहुने भएको हो।
काठमाडौ उपत्यकाको फोहोर धादिङ र नुवाकोटको सिमानास्थित सिसडोल र बञ्चरेडाँडा क्षेत्रमा व्यवस्थापन हुँदै आएको छ । विगतमा काठमाडौंदेखि बञ्चरेडाँडाको सडक बर्खायाममा बिग्रिएर फोहोर व्यवस्थापनमा समस्या हुने गथ्र्यो । तर यस वर्ष भने बाटो मर्मत भइसकेकाले फोहोर व्यवस्थापनमा विगतमा जस्तो समस्या नआउने काठमाडौं महानगरपालिकाले जनाएको छ। साना समस्या आए पनि यसअघि झैँ एक महिनासम्म फोहर नउठ्ने समस्या नहुने बताइएको छ।
बर्खाको समयमा सिसडोलको फोहोरमाथि बनेको सडकमा गाडी फस्ने समस्या थियो । यस वर्ष त्यो समस्या समाधान भएको महानगरले बताएको छ।