चितवन। भरतपुर महानगरपालिकाले नारायणी नदीको क्षेत्राधिकारमा अनधिकृत रुपमा बनेका होटल र अन्य संरचनाहरु हटाउन निर्देशन दिएको छ। महानगरले ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो।
आजदेखि लागु हुनगेरी सूचना जारी गर्दै महानगरपालिकाले ३८ किलोमिटर लामो नारायणी नदी क्षेत्रका अनाधिकृत संरचना हटाउन निर्देशन दिएको हो।
भरतपुर महानगरपालिका १ को नारायणी किनार बिच मोडेलदेखि भरतपुर २८ घोलाघाटसम्मको २३ किलोमिटर तटिय क्षेत्रमा तटबन्धनको काम भइरहेको भन्दै नदीको क्षेत्राधिकारमा अनाधिकृत रुपमा होटल तथा अन्य अस्थायी तथा स्थायी संरचना निर्माण गरेको पाइएकाले निर्माण कार्य नगर्न नगराउन महानगरपालिकाले भनेको छ । महानगरपालिकाले तोकेको समयभित्र संरचना नहटाइए महानगरपालिकाले हटाउने र हटाउदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने जनाएको छ ।