काठमाडौं। शक्तिशाली राष्ट चीनले विश्वकै ठूलो विद्युत आयोजना निर्माण गरेको छ। चीनले ल्हासामा ४ हजार मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गरेको हो।
चीनले विश्वकै ठूलो हाइब्रिड आयोजना द केला सोलार हाइड्रो प्रोजेक्टबाट बिजुली उत्पादन शुरु गरेको हो । हाइब्रिड आयोजना अन्तर्गत सोलारबाट १ हजार मेगावाट र हाइड्रोपावरबाट ३ हजार मेगावाट विद्युत उत्पादन हुने बताइएको छ।
हाइब्रिड आयोजना विश्वकै अग्लो शहर ल्हासामा भन्दा १ हजार उचाइमा निर्माण गरिएको हो। विद्युत आयोजना १ हजार ५ सय किलोमिटर लामो नदी क्षेत्रमा छ। ४ हजार ६ सय मिटर (१५ हजार फिट) उचाइमा रहेको आयोजना विश्वकै हाइअल्टिच्युड हाइब्रिड प्रोजेक्ट पनि हो ।