काठमाडौं। भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भू- उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको बताएकी छीन्।
उग्रचण्डी नाला समाजको शनिबार काठमाडौंमा भएको चौथो साधारणसभाको उद्घाटन गर्दै उनले भू-उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यवसायिक कृषि र कृषिजन्य उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन्। भू-उपयोग नीति अनुसार कृषियोग्य जमिन र किसानहरुको हकहितको संरक्षण गर्दै उत्पादकत्व बढाएर कृषिको व्यवसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीति अनुसार मन्त्रालय लागिरहेको उनले बताइन।
भूमिहीन दलित, सुकुम्बासी र उपत्यकाभित्र रहेका स्वबासीको समस्या समाधान गर्न आफूले पहल शुरु गरिसकेको पनि श्रेष्ठले बताइन्। उनले विकास निर्माणका काममा यो मेरो र तेरो नभनी एक भएर लाग्न पनि सबैलाई आग्रह गरिन्।