काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रंगशाला निर्माणमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका हुन् ।
अर्थमन्त्री शर्माले धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको बताए । उनले थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको भन्दै धुर्मुस सुन्तलीलाई निराश नभइ अघि बढ्न आग्रह गरेको समेत बताए ।
क्रिकेट रंगशाला बनाउन रकम अभाव भएपछि धुर्मुस–सुन्तली फाउण्डेशनले पछिल्लो चार महिनायता काम रोकेर बसेको छ । आर्थिक अभाव र ऋण पनि बढ्दै गएको भन्दै फाउण्डेशनले काम रोकेको छ ।