काठमाडौं। लायन्स आँखा अस्पतालको रजत महोत्सवको कार्यक्रमलाई आइतबार बुटवलमा सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँण स्थानीयलाई विस्थापित गराएर मोतिपुर औद्योगिक क्षेत्र निर्माण नगर्ने बताएका छन्।
गत असोज २४ गते मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा घरटहरा बनाएकाहरुलाई प्रहरी प्रशासनले हटाउनेक्रममा झडप हुँदा चार जना सर्वसाधरणको मृत्यु भएको थियो। सुकुम्बासीका नाममा जग्गा हडप्न खोजेको भन्दै रुपन्देही प्रशासनले केही व्यक्तिलाई पक्राउ गरेर कारबाही गरेको छ। तर, रुपन्देहीका जनप्रतिनिधि समेत रहेका गृहमन्त्री खाँणले भने औद्योगिक क्षेत्रको जग्गाको क्षेत्रफल घटाएर भए पनि फर्साटिकर र अमुवाको जनताको पक्षमा उभिने बताएका हुन्।
देश उनीहरुको पनि हो’मञ्चबाटै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए। संघीय सरकारले मोतीपुरका घटनामा मृत्यू भएका परिवारलाई ५।५ लाख राहात दिने निर्णय गरेको थियो। करिब डेढ महिनापछि गृहजिल्ला आएर खाँणले आफू मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्दा नागरिकलाई विस्थापित गर्ने पक्षमा नरहेको प्रष्ट पारे।
औद्योगिक क्षेत्रका नाममा ८ सय १३ विगाहाको लालपूर्जा छ। औद्योगिक क्षेत्रले हडपेको जमिन मध्ये २५० बिगाहामा स्थानीयको जग्गा परेको थियो। २०३७ सालदेखि बसोबास गरेका करिव ३ हजार घर परिवार विस्थापित हुने भन्दै स्थानीयले संघर्ष समिति नै गठन गरेका थिए। स्थानीयहरुको माग सम्बोधन गर्न मोतीपुर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड तयार भएपछि स्थानीयहरु मौन थिए। तर, यहि विचमा सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रकै जग्गा कब्जा गर्नेक्रम बढेको थियो।