काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भरतपुर अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री खतिवडाले आइतबार अस्पतालको आकस्मिक कक्ष, आईसीयू र शल्यक्रिया कक्षको निरीक्षण गरेका हुन्।
सो अवसरमा मन्त्री खतिवडाले भरतपुर अस्पताल देशकै महत्वपूर्ण अस्पताल रहेको बताउँदैमन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सरकारी अस्पतालको सेवा प्रवाह चुस्त हुनुपर्नेमा पनि जोड दिएका छन्। उक्त अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालको बारेमा जानकारी गराएका थिए। साथै अस्पतालमा आवश्यक शय्या र जनशक्तिको दरबन्दी थप गरिदिन मन्त्री खतिवडालाई उनले आग्रह पनि गरेका छन्।
त्यसैगरी सीटीईभीटीले प्रयोग गर्दै आएको अस्पतालको जग्गा फिर्ता ल्याउन पहल गरिदिनसमेत पौडेलले मन्त्री खतिवडा समक्ष आग्रह गरेको अस्पतालका सूचना अधिकारीले जानकारी दिएका छन्।