काठमाडौं। बारा जिल्लाको जमुनी नदीमा सिंचाईका लागि बाँध निर्माणको काम अन्तिम चरणमा पुगेको छ। वर्षाको हाहाकार भैरहेको अवस्थामा उक्त बाँध निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको हो।
आदर्श कोतवाल गाउँपालिकाअन्तर्गत चिम्टाही जमुनी नदीमा बाँध निर्माण भएपछि जिल्लाका करिब २५ गाउँमा सिंचाई सुविधा पुग्ने बताइएको छ। वर्षाको आसमा किसान निरासभएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बाँध निर्माणका लागि पहल गरेका हुन् ।
बाँध निर्माण कार्य तादरुकताका साथ गर्न मुख्यमन्त्री आफैँ निर्माणस्थलमा पुगेका थिए । मुख्यमन्त्री यादवले दुई तीन दिनभित्रमा सम्पन्न गर्नेगरी काम भइरहेको बताए । बाँध निर्माण भएपछि स्थानीयहरु हर्षित भएका छन्।