काठमाडौं। रौतहटको मौलापुर नगरपालिकाले सामुदायिक रेडियो मौलापुर सञ्चालनमा ल्याएको छ। मौलापुर एफ एम १००.७ मेगाहर्ज मौलापुर नपा को वडा नम्बर ५ को कार्यालय भवनमा सुरु गरिएको हो। मेयर रिना कुमारी साहले सोमबार साँझ एक कार्यक्रमबीच एफएमको उद्घाटन गरेकी छिन्।
उक्त उद्घाटन कार्यक्रममा उनले रेडियोमा शिक्षा ,रोजगार ,कृषि र स्वास्थ्य सँग सम्बन्धी कार्यक्रमलाई बढी जोड दिन आग्रह गरेकी थिइन। सोही अवसरमा मौलापुर नगरपालिकाका उपमेयर गौरी शंकर जयसवाल, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, मौलापुर नपाका वडा नम्बर ५ का वडा अध्यक्ष बहिदार राउत कुर्मी ,चन्देश्वर बैठा आदिले स्वागत मन्तव्य राख्दै रेडियो को प्रगतिको कामना गरेका थिए।