पोल उत्पादन व्यवसायीहरुले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री समक्ष नेपाल विधुत् प्राधिकरणले निजी क्षेत्रले उत्पादन पोलहरु नकिन्ने तर महंगो दरमा विदेशबाट नेपाल ल्याउने गरेको गुनासो गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री नेपाल पोल एशोसिएनको आठौं बार्षिक साधारणसभा एवं दोस्रो, अधिवेशनमा पुग्नुभएको मन्त्रीलाई व्यवसायीहरुले विधुत् प्राधिकरणले निजी क्षेत्रका पोलहरु नकिनेको कारणले गर्दा नै उधोगहरु बन्द हुने अवस्थामा पुगेको छ अब स्वदेशी उत्पादननै प्रयोग गर्ने गरी सरकारले आवश्यक प्रबन्ध मिलाइ दिन आग्रह गरेका छन्।
स्वदेशी उत्पादनलाई सरकारले प्राथामिकता दिनुपर्ने भनाई राख्दै नेपाल पोल उत्पादक संघका अध्यक्षले प्राधिकरणले उत्पादन गरेका पोल महङ्गोमा खरिद गर्ने तर निजी क्षेत्रले उत्पादन गरेका पोल भने प्राधिकरणले नकिन्दीदा, वास्ता नगर्दा आफुले संचालन गरिरहेको उधोग नै बन्द गनुपर्ने अवस्थामा पुगेको गुनासो गरे।
कार्यक्रममा उपस्थित हुनुभएको मन्त्रीले आफ्नो निर्णय उत्पादकत्वमा वृद्धि भई व्यापार घाटा न्युनीकरणमा सहयोग पुग्ने भन्दै स्यालो ट्युबेलको प्रयोग गर्ने कृषकलाई निःशुल्क र डीप ट्युबेल प्रयोग गर्ने कृषकलाई ८० प्रतिशतसम्म विधुत् छुट गर्ने जानकारी दिनुभयो। साथै आफ्नै देशमा उत्पादन भएको विधुत प्रयोग गर्न सबैलाई अनुरोध गर्नभयो।
सरकारी एवं निजी दुबै क्षेत्रलाई राज्यले समान व्यवहार गनुपर्ने कार्यक्रममा महासघंका वरिष्ठ उपाध्यक्षले बताउनु भयो। त्यस्तै महासंघका पुर्वउपाध्यक्षहरुले पनि स्वदेशी उत्पादनलाई प्रथामिकता दिन बनाइएको राज्यको नितिलाई अब व्यवहारमा लागु गर्न अनुरोध गरे।