काठमाडौं । नेपाल टेलिकमले फाइभ जी परीक्षणको अनुमति पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभ जी परीक्षणको अनुमति दिएको जनाएको हो ।
प्राधिकरणका अनुसार २६०० व्यान्ड फ्रिक्वेन्सीमा परीक्षण अनुमति दिएको हो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षणका लागि अनुमति दिएको थियो ।
तर टेलिकमकै कारण लामो समय फाइभजी अनुमतिको लागि ढिलाइ भएको थियो । अब टेलिकमले एक बर्ष भित्र फाइबजी परीक्षण गर्ने प्राधिकरणले जनाएको छ ।