कञ्चनपुर। शुक्लाफाँटामा सेफ्टी ट्याङ्कीमा परेर जंगली हात्ती मरेको छ ।
शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टिट्यान्कीमा हात्ती परेको हो ।
मध्यवर्ती सामुदायिक वन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । हात्तीको पछाडिको शरीर सेफ्टी ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको बताइएको छ।
हात्तीलाई सेफ्टीट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताइएको छ।