काठमाडौं। इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे स्नातक तहको शुल्कमा वृद्धि गरेपछि विद्यार्थी आन्दोलित बनेका छन्। चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्कमा भारी मात्रामा वृद्धि भएपछि डिन कार्यालय अगाडि विद्यार्थीले धर्ना दिएका हुन्।
स्ववियु सभापति पुष्कर विक्रम शाहीले तत्काल बढाइएको शुल्क फिर्ता लिनुपर्ने बताए । २४ घण्टाभित्र बढाएको शुल्क फिर्ता नलिए चर्को आन्दोलन गर्ने उनको चेतावनी छ ।
त्यस्तै नेकपा समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले समेत मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
त्यस्तै अनेरास्ववियुले समेत बढाएको शुल्क तत्काल फिर्ता लिनुपर्ने माग राखेको छ । अध्यक्ष समिक बडालले बढाएको शुल्क फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए