काठमाडौं। पहिरो झरेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खुलेको छ। सोमबार बेलुकी करिब ८ बजेतिर खसेको पहिरोले अवरुद्ध बनेको सडक मंगलबार दिउँसोबाट खुलेको हो।
सडक अवरूद्ध हुँदा सवारी साधन सडकमै रोकिएका थिए।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाएपछि मंगलबार दिउँसोदेखि सडक खुलेको छ। दुवैतर्फ सडक खुलेको हो।
सडक खुलेसँगै सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।