झापा। अर्जुनधारा नगरपालिका–९ निवासी एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार दिउँसो करेन्ट लागेर २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको हो
बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा अमृतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल लैजाँदै गर्दा बाटैमा अमृतको मृत्यु भएको बताइएको छ।