मोरङ। दुधकोशी नदीमा आएको भीषण बाढी पहिरोले दिप्लीघाट दुधकोशी बेलिबृजमा क्षति पुर्याएको छ। बेलिबृजमा भएको क्षतिका कारण सोताङ र महाकुलुङका जनता सदरमुकाम, काठमाडौ र तराई आवागमन गर्नबाट बञ्चित भएका छन्।
बर्षा र बाढी अझै निरन्तर आइरहेकोले थप सतर्कता अपनाउनु पर्ने बताइएको छ।
यथासम्भव चाँडो बैकल्पिक व्यवस्था गरी यस असुविधाबाट मुक्त गर्नको लागि थुलुङदुधकोशी, सोताङ र महाकुलुङ ३ वटै स्थानीय सरकार, प्रदेश सरकार,संघीय सरकार र सम्बद्ध निकायसँग स्थानीयले माग गरेका छन्।