दोलखा। दोलखाको विगु गाउँपालिका–३ सिंगटीको खोलीखिम बजारका २२ घर खाली गराइएको छ ।
बजारको माथिल्लो क्षेत्रमा सडकको पहिरोसँगै ठूलो ढुंगा बस्तीमा खस्ने जोखिम बढेपछि खोलीखिमका २२ वटा घरहरू खाली गराइएको हो।
इलाका प्रहरी कार्यालय सिंगटीका अनुसार यस क्षेत्रमा सवारी आवागमन पनि बन्द गराइएको छ। खोलीखिम बजार क्षेत्रका बासिन्दालाई कालिञ्चोक गाउँपालिका–३ को बजार क्षेत्रमा सारिएको छ।
ढुंगा खस्ने जोखिम बढेपछि स्थानीयवासीलाई उक्त क्षेत्रमा हिडडुल गर्न पनि रोकिएको छ । ढुंगा खसेर सिंगटी खोला थुनिने र त्यसबाट क्षतिको जोखिम अझ बढ्ने स्थानीयको अनुमान छ।