रौतहट। गौर नगरपालिकाका मेयर शम्भु साहले कटान प्रभावित स्थानहरुको निरिक्षण गरेका छन् । मेयर साहले गौरको वडा नं ४ स्थित लालबकैया खोलाको बाढीबाट भइरहेको कटान प्रभावित स्थानको निरिक्षण गरेका हुन्।
केहि दिन अगाडि सोबर्नामाई मन्दिर अगाडि लालबकैया नदिले आफ्नो धार परिवर्तन गरि टिकुलिया गाउँतर्फ अत्याधिक कटान गर्न थालेपछि मानवबस्ती र स्थानीयको खेत बाली रक्षाका लागि मेयर साहले उक्त स्थानमा बास पाईलिङ्ग सहित स्पर बनाउने कामको थालनी गर्न निर्देशन दिएका थिए ।
उक्त स्थानमा काम जारी रहदा पूनः बाढी आएर बनाएको संरचना भत्काउन थालेको तथा पूनः कटान कार्य गरिरहेको र मानव बस्ति उच्च जोखिममा रहेको खबर पाउन साथ मेयर साहले सो कटान प्रभावित क्षेत्रको शुक्रबार निरीक्षण गरेका हुन् ।
अवलोकनकै क्रममा मेयर साहले लालबकैयाले जारी राखेको कटान कार्यलाई रोक्न आफ्नो पालिकाको स्रोत साधन र बजेटले भ्याए अनुसारको काम गरेको जानकारी दिए ।