काठमाडौं। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन संयुक्त विद्यार्थी संगठनका नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।
बुधबार बालुवाटार पुगेर विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।
यसैक्रममा प्रधानमन्त्री देउवाले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।
मूल्यवृद्धिका विषयमा सडकमा विद्यार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने बताए। सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने आश्वासन प्रधानमन्त्रीले दिएको अध्यक्ष सिंहले जानकारी दिइन्।