काठमाडौं। दक्षिण कोरियाली कम्पनी सामसुङले अमेरिकाको टेक्सास शहरमा लगभग १ अर्ब ७ करोड डलर लगानीमा कम्प्युटर चिप प्लान्ट निर्माण गर्ने भएको छ।
विश्व ब्यापीरुपमा विज्ञान तथा प्रविधिको क्षेत्रका उद्योगमा अत्यावश्यक पर्ने सेमिकन्डक्टरको अभाव भएपछी सामसुङले कम्प्युटर चिप प्लान्ट निर्माण गर्न लागेको हो।
सन् २०२२ बाट उक्त प्लान्ट निर्माणको काम सुरु हुने बताइएको छ। कोरोना महामारीको कारणले बढेको बेरोजगारीको समस्या न्यूनीकरण गर्न पनि यो प्रोजेक्टले मद्दत पुर्याउने छ।
कम्प्युटर चिप प्लान्ट निर्माणको समय अवधीभर लगभग २० हजार मानिसले रोजगारीको अवसर पाउनेछन्। जसले बढ्दै गएको रोजगारी लाइ केही समयको लागी भएपनि न्युनिकरण गर्ने विश्वास गरिएको छ।