सिन्धुपाल्चोक। चीनसँगको उत्तरी सीमानाका तातोपानी आज (शुक्रबार) देखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।
गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको बताइएको छ।
विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो।यसअघि मानिस आवतजावत भने खुल्न नसकेको शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताइएको छ।