गोरखा। पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा शुक्रबार बिहान सुक्खा पहिरो खसेको हो।
पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुक्खा पहिरो पन्छाउन समय लाग्ने बताइएको छ। अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउन शुरु भएको छ।