काठमाडौं। नेकपा (एमाले)ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ। एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताइएको छ। अभियानले मध्यपहाडी लोकमार्गमा पर्ने ठाउँका जनतालाई एमालेसँगको सम्बन्ध थप मजबुद र सुमधुर बनाउने विश्वास गरिएको छ।
मङ्सिर दोस्रो हप्तादेखि सञ्चालन हुने अभियानमा लाखौं मानिसलाई सहभागी गराइने छ ।