एजेन्सी। इजिप्टको राजधानी कायरोमा एक चारतले भवन भत्किँदा चार जनाको मृत्यु भएको छ।
बुधबार उत्तरी कायरोको हदेक अल–कुब्बा जिल्लामा रहेको चारतले भवनमा भत्किँदा चार जनाको मृत्यु भएको इजिप्टको राज्य नियन्त्रित अहराम पत्रिकाले जनाएको हो।
घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइते सबै एकै परिवारका भएको जनाइएको छ।
घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको र भग्नावशेषमा फसेका मानिसहरुको यकिन सङ्ख्या अझै अज्ञात रहेको समाचारमा उल्लेख छ।