काठमाडौं। मोरोक्कोमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। शुक्रबार राति गएको भूकम्पमा १ हजार ४०० जना गम्भीर घाइते भएको उल्लेख गरीएको छ। यो संख्याले मोरक्कोमा दशकौं यताकै सबैभन्दा घातक भूकम्प बनाउँछ।
मुरकेसको हाई एट्लास माउन्टेन्सलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि उद्धारकार्य जारी छ। संयुक्त राष्ट्रसंघ, फ्रान्स, स्पेन लगायतका देशहरुले मोरोक्कोलाई राहत र उद्धारका सहयोगको घोषणा गरिसकेका छन्।
भूकम्पपछि हजारौं मानिस खुला ठाउँमा बसिरहेका छन्।