नयाँ दिल्ली। भारतको दिल्ली सरकारले काम गर्न रोक लगाइएका निर्माण मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने भएको छ।
मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार वायु प्रदुषण न्युनिकरणका लागि सरकारले निर्माण कार्य रोक्न निर्देशन दिएपछि समस्यामा परेका मजदुरहरुलाई पाँच हजार रुपैया राहत दिने निर्णय भएको छ। सरकारले निर्माण कार्य रोक्न अनुरोध गरेपछि निर्माण गर्नबाट बञ्चित भएका मजदुरहरुलाई पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ, उनले बताए।
काम विमुख भएका मजदुरहरुलाई उनीहरुकै खातामा पैसा पठाइने व्यवस्था भएको पनि उनले जानकारी दिए। सरकारका कारण कामबाट बञ्चित हुनु परेकोले सामान्य राहत तथा क्षतिपुर्ति स्वरूप उनीहरूलाई रकम दिने निर्णय भएको उनको भनाइ छ।