काठमाडौं। सूर्यविनायक–रत्नपार्क रुटमा असोज ३ गतेदेखि ‘द्रुत बस सेवा’ सञ्चालन हुने भएको छ। संविधान दिवसको दिन पारेर असोज ३ देखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यस विषयमा सोमबार सडक विभाग, यातायात व्यवस्था विभाग लगायत निकायका अधिकारीसँग छलफल गरेका छन्।
छलफलमा मन्त्री ज्वालाले सरकारी अधिकारीलाई ‘द्रुत बस सेवा’ संविधान दिवसको दिन पारेर सुरु गर्न निर्देशन दिए। यसअघि ‘द्रुत बस सेवा’ असोज १ देखि सञ्चालन गर्ने भनिएको थियो।
यातायात व्यवस्था विभाग ‘द्रुत बस सेवा’का लागि २५ वटा बस तयारी अवस्थामा राखिएको बताइएको छ।