काठमाडौं। लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ। ड्रेना शहरमा आएको बाढीका कारण हालसम्म ५ हजार ३०० जनाको मृत्यु भइसकेको हो।
सो विपदमा अझै १० हजार मानिस बेपत्ता रहेका छन्। खोला किनारमा शवहरु भेटिने क्रम जारी रहेकोले मृतकको संख्या थप बढ्ने बताइएको छ। बेपत्ताहरुको खोजी कार्यमा उद्धार टोली खटिरहेको छ।
ड्रेना शहरका मेयर अब्दुमेनम अल घातीले मृतकको संख्या १८ हजारदेखि २० हजार पुग्न सक्ने बताएका छन्।
आइतबार अत्याधिक वर्षा र आँधीसँगै राति शहर माथि रहेको ड्याम विस्फोट हुँदा बाढी गएको थियो। सो ड्याम विस्फोट हुन सक्ने भन्दै सन् २०११ देखि नै चेतावनी दिइएको स्थानीयले बताएका छन्। ड्याम विस्फोट हुँदा ‘एयर स्ट्राइक’को जस्तो आवाज आएको स्थानीयले बताएका छन्।