झापा । झापाको हल्दिबारी गाउँपालिकाले निःशुल्क खानेपानी वितरण गर्न सुरु गरेको छ। गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न सुरु गरेको हो।
गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ । १० युनिट (१० हजार लिटर)सम्म पानी निःशुल्क उपलब्ध गराइएको बताइएको छ।
यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा एक सय २० रुपैयाँ तिर्दै आएका थिए । सोभन्दा बढी खपत भएमा खपतका आधारमा उपभोक्ताले महसुल तिर्नुपर्नेछ ।