दैलेख। महाबुगाउँपालिका–१ खरिगैरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ चट्याङ लागेर गाउँपालिका–१ खरिगैरा बस्ने ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।