काठमाडौं। भीमेश्वर नगरपालिका–६ मा निर्माण सुरु भएको बहुसांस्कृतिक सङ्ग्रहालय तथा पार्कमा पद्मसम्भव (लामा भाषामा घुरु रेम्बोचे) को मूर्ति निर्माण भएको छ। १६ फिट अग्लो मूर्ति निर्माण भएको हो।
बागमती प्रदेश सरकार, नगरपालिका र सहरी शासकीय क्षमता विकास कार्यक्रमको १५–१५ लाख र आर्थिक सङ्कलनबाट पाँच लाख गरी ५० लाख रुपियाँमा पोखरी र मूर्ति निर्माण भएको हो।
तीन लाख १५ हजार लिटर पानी अट्ने गोलाकार पोखरीमा १४ फिटे पिल्लरमा १६ फिट अग्लो मूर्ति निर्माण भएको छ। पिल्लरको चारैतिर कमलको फूल बनाइएको छ।