सल्यान। सल्यानमा एउटा घरको कोठामा आगलागी हुँदा आमाछोरीको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुङ्गा बस्ने ३२ वर्षीया रेवती थापा र उनकी ९ महिनाको छोरी ऋतु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
शुक्रबार साँझ सुतेकोमा शनिबार बिहानसम्म कोही पनि नउठेपछि स्थानीयले ढोका खोली हेर्दा सुती रहेको विस्तरामा आगो सल्किन गई जलेर मृत्यु भएको भनी स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।