मोरङ। मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४५ वर्षीया भेडियन देवी माझी रहेकी छन्। शनिबार आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जलि घाइते भएकी उनलाई उपचारको लागि आर्या न्यूरो अस्पताल विराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए।