काठमाडौं। नबिल बैंक लिमिटेडको २६५ औं शाखा सोलुखुम्बुको नाम्चेमा सञ्चालनमा भएको छ । बैंकले बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार गर्ने रणनीतिक अनुसार नाम्चेमा शाखा विस्तार गरेको छ।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र स्थानीय पूर्ववडाध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा उक्त शाखा कार्यलय उद्घाटन गरेका छन् ।
कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए । पूर्ववडाध्यक्ष शेर्पाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए। उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।
नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको हो ।