काठमाडौं। असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा संचालन गर्न सडकमा डेडिकेटेड लेनको मार्किङ र छुट्टै रङ लगाइएको छ। काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा संचालनका लागि सडकमा छुट्टै लेनका साथै रेड मार्क गर्न सुरु गरेको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा संचालन गर्न निर्देशन दिएका थिए। त्यसपछि सडक विभाग र यातायात व्यवस्था विभागले कामलाई तीब्रता दिएका थिए।