फिदिम। पाँचथर सदरमुकाम फिदिमको खेल मैदान निर्माणको काम सम्पन्न भएको छ । १० करोड ७९ लाख ८७ हजार ७ सय ८१ रुपियाँ लागतमा उक्त खेल मैदान निर्माण सम्पन्न भएको हो।
ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि अलपत्र परेको खेल मैदान स्तरोन्नतिको काम अगाडी बढाउन फिदिम नगरपालिकाले दबाब दिएसँगै फुटबल खेल्न सक्ने अवस्थामा पुगेको हो ।
खेल मैदानको स्तरवृत्ति गर्न पिएस।किरातेश्वर मैनाचुली जे.भि.सँग भएको थियो। जेभिले १० करोड ७९ लाख ८७ हजार ७ सय ८१ रुपियाँ लागतमा फिदिम मावि।खेल मैदान निर्माण गर्न २०७७ साल माघ १२ गते सम्झौता गरेको थियो। जे.भीले चार वर्षपछि मैदान सम्म्याएर खेल्न सक्ने अवस्थामा पुर्याएको छ भने, केही निर्माणका कामहरु बाकी नै रहेका छन्।