काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सेवालाई सरल र सहज बनाउन स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ। कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले एपको शुभारम्भ गरिन्।
एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्वन्धि सम्पुर्ण जानकारी प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एपबाट अभिकर्ताले आफ्नो लगायत आफ्ना बीमितहरुको बीमालेख सम्वन्धमा आवश्यक जानकारी पाउने बताइएको छ। कम्पनीका बीमितहरुले एपमार्फत बीमा शुल्क नविकरणका सूचना प्राप्त गर्न सक्ने र नविकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने छन्।